०६ पुष २०८२

ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

१९ मंसिर २०७५, बुधबार ११:०१ मा प्रकाशित

तौलिहवा, १९ मङ्सिर,,   ट्याक्टर पल्टिँदा कपिलवस्तु नगरपालिका–९ कुश्मामा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४० वर्षीय श्याम यादव रहेका छन् ।

कुश्माघाटबाट कुश्मातर्फ आउँदै गरेको लु३त ५२१६ नं को ट्याक्टर पल्टिँदा त्यसमा सवार यादवको मृत्यु भएको हो । ट्याक्टर प्रहरी नियन्त्रणमा छ । चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter