०६ पुष २०८२

जथाभावी हर्न बजाउने कारबाहीमा

१८ मंसिर २०७५, मंगलवार १३:११ मा प्रकाशित

लमही, १८ मङ्सिर,,  ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक विवेक महराले जानकरी दिनुभयो ।

निषेधित क्षेत्रमा ठूलो स्वरमा हर्न बजाउने आइतबार ४५ चालक तथा सोमबार ४६ चालकलाई कारवाही गरिएको छ । कारवाहीमा परेकाबाट जनही रु ५०० का दरले रु १६ हजार राजश्व सङ्कलन भएको महराले बताउनुभयो । ती बाहेक अन्य सवारीचालकको कागजात जफत गरिएको छ । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् ।

हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन प्रदेश प्रहरीले २०, इलाका प्रहरी कार्यालय तुलसीपुरले सात तथा ट्राफिक प्रहरी कार्यालयले १० जना प्रहरी खटाएको छ । पैदलयात्रुलाई छेउबाट हिँडाउनका लागि वीरेन्द्र चोकमा ट्राफिक कोण राखेर डोरी बाँधिएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter