०६ पुष २०८२

छ मोटरसाइकलमा आगजनी

१७ मंसिर २०७५, सोमबार १४:३३ मा प्रकाशित

लमही, १७ मङ्सिर,,   दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार गोरु तस्करी गर्ने गिरोहको मोटरसाइकलमा आगजनी भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter