०६ पुष २०८२

विकट वडामा मोटरबाटो पुग्यो, नागरिक खुशी

१७ मंसिर २०७५, सोमबार ११:३७ मा प्रकाशित

दाङ, १७ मङ्सिर,,   तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार बाटो निर्माण भएपछि सो वडाका बल्ले, पयौखोर, साँझवास, किमुगैरालगायतका आधा दर्जन गाउँका नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने छन् । सो सडकमा अब जीप पनि सञ्चालन गर्न सकिने छ ।

यसअघि त्यहाँ बाटो नहुँदा बिरामी तथा सुत्केरीलाई बोकेर उपचार गराउन तुलसीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यता रहेको थियो । समयमा ल्याउन नसक्दा कतिको त अकालमा नै मृत्यु हुने गरेको थियो ।

यसैबीच सो कृषि सडकको आइतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागेको बताउनुभयो ।
पहिलोपटक आफूहरु मोटर बाटोको पहुँचमा पुग्न सकेको भन्दै त्यहाँका स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । उनीहरुले अब विद्युत्को व्यवस्था गरीदिन पनि नगरप्रमुख पाण्डेलाई अनुरोध गरेका छन् ।

तुलसीपुर बजारदेखि करीब १२ किलोमिटर उत्तर दक्षिणमा रहेको साँझवासमा बाटो नहुँदा त्यहाँका जनताले निकै दुःख खेप्नुपरेको थियो । त्यसैगरी त्यहाँ उत्पादन भएको कृषिउपजले पनि बजार पाउन सकेको थिए । उपमहानगरपालिका भए पनि अझै पनि त्यहाँका नागरिक विकासका पूर्वाधारबाट वञ्चित रहेका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter