अबैध बालुवा सहित ट्रेक्टर पक्राउ
अजय मिश्र ,
५ मंसिर २०७५, बुधबार २१:४७ मा प्रकाशित
कपिलबस्तु मंसिर ५
कपिलबस्तु जिल्लाको विजयनगर गाउपालिका अन्तरगत पर्ने ईलाका प्रहरी कार्यलय गणेशपुर बाट प्र.ना.नि.जेद बहादूर काउछा को कमान्डमा खटिएको सिभिल गस्ती टोली राति २बजेको समयमा कृष्णनगर न.पा.वडा नं.१०औरहवा गाउनजिक सुरही खोला र पथरदेइया गाउनजिक सुरही खोला बाट अबैध बलुवा झिक्दै क्रममा तीनवटा टेक्ट्रर टाली र मान्छे लाई समातिएको जानकारी ई.प्र.का.गणेशपुरले जनाएको छ समातिएको गाडी र मान्छेहरुको बिवरण यस प्रकार रहेको छ।
शिवराज नगरपालिका ८ पठपर बस्ने बर्ष ६२को सक्टू यादव लु१त२७८१नं.को ट्रेक्टर ट्राली
ऐ.ऐ.बस्ने २५बर्ष को छोटू यादव लु३त८६४५नं.को ट्रेक्टर ट्राली र चालक
र कृष्णनगर न.पा.वडा नं.९को लु१त२८३८नं.को ट्रेक्टर ट्राली चालक फरार ट्रेक्टर साहू बिरेन्द्र चौधरी रहेको ई.प्र.का.गणेशपुरले जनाएको छ।
अबैध बलुवा चोरिने काम धेरै दिन देखि चलि रहेको र सुरही खोलाको आस पास गाउहरुमा जम्मा गरी महगो दर मा बिक्री गरिने र रातिमा खोला बाट झिक्ने को बारेमा स्थानिमहरुको पनि भनाईरहेको छ।
तपाईंको प्रतिकृयाहरू