कपिलवस्तु, मङ्सिर २ ,, कपिलबस्तु जिल्लाको कृष्णनगरमा केहि समय अगाडि दुर्गा मूर्ति बिसर्जनको क्रममा दुई समुदायबीच भएको विवादले उग्र रुप लियो । प्रशासनले तत्कालका लागि कर्फ्यू लगाएर समाधानको उपाय अपनायो । प्राविधिक रुपमा शान्तिसुरक्षा कायम भएपनि कृष्णनगरबासीमा त्यस घटनाको त्रास कायमै रह्यो
सामाजिक सद्भाव खल्बलिएपछि स्थानीयवासी दुवै समुदायबीच सम्बन्ध सामान्य बनाउन स्थानीय अभिनेता श्याम कुमार मिश्राले पहल गरे । अहिले आएर यहाँका मानिसहरुले त्यो घटना विर्संदै जान थालेका छन् । कृष्णनगर नगरपालिका वडा नं। २ निवासी मिश्राको प्रयासको स्थानीयबासीले पनि खुलेर प्रशंसा गरेका छन् । दुर्गा मूर्ति बिसर्जनको घटनापछि कृष्णनगरको जनजीवन कष्टकर बन्दै गएका बेला उनले अगुवाई गरि दुबै समुदाय लाई समझाइबुझाई आपसी सदभव कायम राख्न अपिल गर्दै दुर्गा मूर्ति बिसर्जन गराउन उनले भूमिका खेलेका थिए । त्यस लगत्तै सम्पन्न भएको लक्ष्मी मूर्ति बिसर्जन साथै छठ पुजा मा उनले ब्रतालुहरुका लागि भण्डार कार्यक्रम आयोजन गरेका थिए ।
सामाजिक तथा धार्मिक सहिष्णुता कायम गराउन भूमिका खेलेका अभिनेता मिश्राले सबै धर्मावलम्बी र समुदाय एक भएर अघि बढुनु पर्ने र आफू त्यसका लागि भूमिका खेल्न सदैव तयार भएको जनाए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू