०५ पुष २०८२

छात्रालाई प्याड वितरण

२९ कार्तिक २०७५, बिहीबार १६:४८ मा प्रकाशित

रामपुर, २९ कात्तिक,,   पूर्वखोला गाउँपालिका पाल्पाले रजस्वला हुँदा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाका कुनै पनि विद्यालयमा रजस्वलाका बेला छात्राहरु पढाइ छाडेर घरमा बस्न नपरोस् भन्ने उद्देश्यले ७२ प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।
पूर्वखोला गाउँपालिकाको ७५ प्रतिशत तथा विद्यालयको २५ प्रतिशत अनुदानमा गाउँपालिकाका सात माध्यमिक विद्यालय र आठ आधारभूत विद्यालयमा प्याड वितरण गरिएको हो । गाउँपालिकाका छात्राले विद्यालय नजाने गरेपछि विद्यार्थीका पढाइ र स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै प्याड वितरण गरिएको र यसलाई निरन्तरता दिइने अध्यक्ष थापाको भनाइ छ ।
महिनावारी भएका बेला छात्रालाई समस्या हुने र कतिपयले विद्यालय आएपछि बीचमै पढाइ छाडेर घर जाने तथा विद्यालय नै नगई तीन चार महीनासम्म रजस्वलाकै कारण बिदा लिने गरेको शिक्षकले बताएका छन् ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter