कपिलवस्तु कार्तिक २७ ,, कपिलबस्तुको संघिय प्रेस फोरमको प्रथम अबिधेसनबाट दिलिप कुमार यादवको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
भएको प्रथम साधारण सभा एवं प्रथम अधिवेशनबाट सर्वसहमतिले नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा सोना खटिक , सचिव निरहू यादव , सहसचिव प्रतिमा विश्वकर्मा , कोषाध्यक्ष देवानन्द ठाकुर र सदस्यहरुमा राम लखन जयसवाल , सविता गुप्ता , कृष्ण बहादुर कुवँर , सुग्रीम यादव , सहबाज खाँन , विनय चौबे लगायत १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।
प्रेस फोरमको खुला उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश संसद शहसराम यादवले अधिवेशनको सफलताको कमना गर्दै स्वच्छ र निष्पक्ष समाचार संप्रेषण गर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गरेका थिए । उनले पत्रकार भनेको देशको चौथो अंङ्ग भएको र कुनै पनि कामको सहि गलत छुट्याउने ऐना भएकोले सत्य तथ्य समाचार लेखेर नागरिकलाई सचेत बनाउन र विकासको कार्यमा सहयोग पुर्याउन आग्रह गरे । साथै जिल्लाको दक्षिणी क्षेत्रको समस्यालाई प्राथमिकतामा राखेर समाचार लेख्न र पत्रकार उत्पादन गर्न संघीय प्रेस फोरमले मूल अभियानको साथ अगाडि बढ्नु पर्ने जोड दिएका थिए ।
नव निर्वा्चित सदस्यहरुलाई फोरमका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले अबीर लगाएर बधाइ सहित सफल कार्यकालको शुभकामना दिएका थिए । साधारण सभा एवं अधिवेशन कार्यक्रममा प्रेस फोरमका २० जना सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम तौलिहवामा सम्पन्न भएको जस्को जानकारी पत्रकार शहबाज़ खान ले दिनु भएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू