०४ पुष २०८२

विधेयकको अभावमा काम अघि बढ्न सकेन ,, सचेतक ढकाल

२९ आश्विन २०७५, सोमबार १८:०४ मा प्रकाशित

बुटवल, २९ असोज ,,   नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका कारण कार्यान्वयनमा जटिलता देखिएको बताउनुभएको छ ।

आज रुपन्देहीको सैनामैनामा आयोजित दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानमा उहाँले कतिपय काम विधेयकको अभावमा अगाडि बढन नसकेको जानकारी दिनुभयो ।

सचेतक ढकालले चाडपर्व सकिएपछि प्रदेशसभा शुरु हुने उल्लेख गर्दै प्रदेशसभा सञ्चालन गर्न विधेयक मन्त्रिपरिषदबाट पास भएको बताउनुभयो । विकास निर्माण तीव्र बनाउन सडक, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त बजेट विनियोजन भएको जानकारी दिँदै स्थानीय तहसँग मिलेर प्रदेश सरकारले काम गर्न खोजेको उहाँले बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका लागि कृषि, पशुपालन पहिलो प्राथमिकतामा परेको उल्लेख गर्दै रु ५० लाखको लागतमा मूर्गियामा आँखा अस्पताल सञ्चालन हुने लागेको जानकारी दिनुभयो । उहाँले स्मार्ट कृषि ग्राम बनाउने अवधारणा आएको र त्यसका लागि गृहकार्य भइरहेको बताउनुभयो । कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले पार्टी र निर्वाचित जनप्रतिनिधिबिीच समन्वयमा कमजोरी भएको औंल्याउँदै पार्टीले अनुगमन र मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter