केयर खबर
काठमाडौँ । लामो समयदेखि रुपान्तरणको क्षेत्रमा काम गर्दै आएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल वर्ष उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको छ ।
आर्थिक वर्ष २०७४/२०७५ सालमा मेलमिलापको क्षेत्रमा उल्लेखीय कार्य गर्न सफल भएको भन्दै यस संस्थालाई मेलमिलाप दिवसको अवसर पारेर पुरस्कृत गरिएको हो ।
प्रधानन्याधीश दीपकराज जोशिको प्रमुख आथित्यतामा
मेलमिलाप परिषदले काठमाडौँमा शुक्रवार आयोजना गरेको एक भव्य समारोहकाबिच केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापालाई सम्मान पत्रद्धारा पुरस्कृत गरिएको हो । उनलाई प्रधानन्याधिस दीपकराज जोसीले पुरस्कृत गरेका थिए । 
पुरस्कृतपछि निर्देशक थापाले अझ बढ़ी प्रोत्साहित हुदै आगामी दिनमा पनि समाजमा केन्द्रले मेलमिलाप कर्ताहरु उत्पादन गर्नको लागि निरन्तर तालिम दिनेे बताए। मानिसहरू लाई मनमुटावरहित शान्तिपूर्वक तवरले जीवन यापन गर्न तिर प्रेरित गरीरहेको जनाए ।

मेलमिलापका क्षेत्रका क्रियाशील संघ संस्थाहरु मध्ये यस संस्थालाई वर्ष उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरिएको हो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू