लखनउ (भारत) – नेपालका शैक्षिक, धार्मिक र साहित्यिक क्षेत्रमा एक गौरवशाली क्षणको रूपमा, जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगर पालिका, वार्ड नम्बर ३, लक्ष्मीनगर का अध्यक्ष मासिक पत्रिका उर्दू अल-सिराज का सम्पादक, प्रख्यात विद्वान र लेखक शमीम अहमद नदवी लाई उनका अतुलनीय शैक्षिक र साहित्यिक योगदानको मान्यता स्वरूप अवार्ड प्रदान गरिएको छ।

यस सम्मानले केवल राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा उनीद्वारा पुरा गरिएको उर्दू भाषा र साहित्यको सेवालाई मान्यता दिएको छ। शमीम अहमद नदवीको दीर्घकालीन प्रयासले नेपालभित्र मात्र नभई सीमापारि पनि उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा अमूल्य योगदान पुर्याएको छ।
यो सम्मान केवल एक व्यक्तिको उपलब्धि होइन, सम्पूर्ण नेपालका उर्दूप्रेमी, विद्वान र शैक्षिक संस्थाहरूको लागि गर्वको क्षण हो।
लखनउका विद्वान, साहित्यकार, अनुसन्धानकर्ता र प्राध्यापकहरूको उपस्थितिमा उत्तर प्रदेश उर्दू एकेडेमी को सहयोगमा सम्पन्न भव्य कार्यक्रममा उर्दू साहित्यको प्रवर्द्धनमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मानित गरिएको थियो। चयन समितिले नेपालका शमीम अहमद नदवीलाई यस अवार्डका लागि योग्य ठहराएको थियो, जसले सम्पूर्ण उर्दूप्रेमीहरूलाई गर्व र प्रोत्साहन दिएको छ।
यस अवसरमा जामिया सिराजुल उलूम अल्सलफियह, कृष्णानगर नगर पालिका, वार्ड नम्बर ३, लक्ष्मीनगर का प्रवक्ता मौलाना मशहूद खाँ नेपाली ले भन्नुभयो:
“शमीम अहमद नदवीलाई प्रदान गरिएको यो सम्मान केवल उहाँको शैक्षिक र साहित्यिक योगदानको मान्यता मात्र होइन, नेपालका शैक्षिक र साहित्यिक यात्राको उज्जवल प्रतीक पनि हो। उहाँको अथक परिश्रमले उर्दू भाषा र साहित्यको क्षेत्रमा एक अमर उदाहरण स्थापना गरेको छ। यसले देखाउँछ कि उर्दू साहित्यको सेवा र यसको मूल्यलाई विश्वस्तरमा पनि उच्च सम्मान प्राप्त भएको छ। हामी दुआ गर्छौं कि अल्लाह तआला उहाँलाई अझ बढी सम्मान, स्वीकार्यता र ज्ञान तथा साहित्यको सेवामा निःस्वार्थ योगदान गर्ने शक्ति प्रदान गरुन्, र उहाँ मार्फत नेपालको शैक्षिक र साहित्यिक नाम विश्वभर उच्च स्थानमा पुगुन्।”
नेपालका नागरिकहरूले यस सम्मानप्रति अत्यन्त खुशी र गर्व व्यक्त गरेका छन् र यसलाई देशका लागि ऐतिहासिक उपलब्धि र गौरवको क्षणको रूपमा मनाएका छन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू