सउदी अरबका शासक खाडिमुल हरमैन शरीफैन शाह सलमान बिन अब्दुलअजीज आल सउद हिफजाहुल्लाहको संरक्षणमा र उहाँका तर्फबाट मक्का मुक्करमाका उप-राजकुमार शाहजादा सऊद बिन मशअल बिन अब्दुलअजीज हिफजाहुल्लाहको सहभागितामा बुधबार ‘‘४५औं शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन क्रीम प्रतियोगिता (हिफ्ज, किराअत र तफ्सीर)’’ को समापन समारोह आयोजना गरिएको थियो, जसको आयोजना सउदी अरबको इस्लामी मामिला, दावत र इरशाद मन्त्रालयले गरेको हो।
यो समापन समारोह लगातार छ दिनसम्म चलेको फाइनल चरणपछि सम्पन्न भएको हो। यो अन्तर्राष्ट्रिय प्रतियोगिता मस्जिदुल हरामको आध्यात्मिक वातावरणमा विभिन्न मुलुकका हाफिजे कुरआनहरूबीच सम्पन्न भएको थियो। प्रतियोगितामा निर्णायकको जिम्मेवारी विश्वस्तरीय ख्यातिप्राप्त हिफाज र क़ारीहरूद्वारा पूरा गरिएको थियो।
समापन समारोहमा पाँचै फरूअतमा उत्कृष्ट स्थान हासिल गर्ने विजेताहरूसँगै निर्णायक समिति सदस्यहरूलाई सम्मानित पुरस्कार र प्रमाणपत्रहरू प्रदान गरिएको थियो। यो समारोह ईमानदायी र आध्यात्मिक वातावरणमा सम्पन्न भएकोले यस अन्तर्राष्ट्रिय प्रतियोगिताको महानता र कुरआनी सेवामा सउदी अरबको नेतृत्वदायी भूमिकालाई उजागर गरेको छ।
शाह अब्दुलअजीज अन्तर्राष्ट्रिय कुरआन प्रतियोगिता विश्वकै प्राचीन र प्रतिष्ठित प्रतियोगितामध्ये एक हो। यसको प्रत्यक्ष पर्यवेक्षण इस्लामी मामिला मन्त्री डा. अब्दुल्लतिफ आल शेख हिफजाहुल्लाहले गर्नुभएको छ, जो स्थानीय तथा अन्तर्राष्ट्रिय कुरआनी प्रतियोगिताका उच्चतम निरीक्षक हुनुहुन्छ।

यस वर्षको प्रतियोगिता विगतका वर्षहरूभन्दा विशेष रह्यो, किनभने यसपटक १२८ मुलुकका १७९ प्रतिस्पर्धीहरूले सहभागिता जनाए। पाँच फरक फरूअतमा सम्पन्न भएको यो प्रतियोगिताका पुरस्कारको कुल राशि चार मिलियन रियालभन्दा बढी थियो, जसका कारण यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो र महत्वपूर्ण कुरआनी प्रतियोगितामध्ये अद्वितीय मानिन्छ।
बारइलाहा! सउदी अरबको छाया मुस्लिम उम्मतामाथि सदासर्वदा कायम रहोस् र यसलाई हसद गर्नेहरूको शरबाट सुरक्षित राख्नुहोस्। आमीन या रब्बल आलमीन।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू