शनिबार, १५ बैशाख २०८१

दुईदिने पवित्र कुरान वाचन प्रतियोगिता भव्यताका साथ सम्पन्न

मुहम्मद हारुन बिन शेख तय्यब अल तैमी / जामेयतुल किताब वलसुन्नह, रौतहट नेपाल

१ फाल्गुन २०८०, मंगलवार १०:५६ मा प्रकाशित
काठमाडौँ- साउदी अरबको इस्लामिक मामिला मन्त्रालयको आर्थिक सहयोग र मुस्लिम आयोग नेपाल तथा काठमाडौंस्थित साउदी दूतावासको संयुक्त सुपरिवेक्षणमा दुईदिने अखिल नेपाल कुरान वाचन प्रतियोगिता  २०८० माघ २७र २८गते शनिबार र आइतबार मेरियट होटल काठमाडौंमा भव्यता का साथ सम्पन्न भएको छ।प्रतियोगिताको पहिलो दिन उद्घाटन कार्यक्रममा  काठमाडौंस्थित साउदी अरेबियाका राजदूत उस्ताद साद बिन नासिर अबु हैमाद, मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारी, सम्पूर्ण कार्यक्रमकका संयोजक  तथा धार्मिक आचार्य  शेख  बद्र बिन नासिर अल अनज़ी उनका सहयोगी शेख अब्दुल्लातिफ अल कातिब ,
नेपालका महत्वपूर्ण व्यक्तित्वहरु, धर्मगुरुहरु मुस्लिम आयोगका सदस्यहरु, साउदी दूतावासका कर्मचारीहरु , प्रतिष्ठित व्यक्तिहरु, प्रतियोगितामा सहभागी विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
 उद्घाटन कार्यक्रममा आफ्नो प्रभाव प्रस्तुत गर्दै साउदीका राजदूत साद बिन नासिर अबु हैमाद, मुस्लिम आयोगका अध्यक्ष शमीम मियाँ अन्सारी र कार्यक्रमको सयोजक शेख बद्र बिन नासिर अल अन्जीले  राजा सलमान बिन अब्दुलअजीज अल साउद र राजकुमार मुहम्मद बिन सलमान बिन अब्दुलअजीज आले साउद र इस्लामिक मामिला तथा दावा र मार्गदर्शन मन्त्री डा. अब्दुल लतीफआलेशेख, र सबै सहभागीहरूलाई हृदयदेखि धन्यवाद दिनू भयो।
उद्घाटन कार्यक्रम पछि चौथो श्रेणी भाग २९ र ३० मा सहभागीहरुको परिक्षा बिना ढिलाइ सुरु भएको थियो जसमा ठूलो संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको थियो र पहिलो दिनको कार्यक्रम साँझ पाँच बजे समापन भएको थियो ।
दोस्रो दिन आइतबार, फागुन ११ गते प्रथम, द्वितीय र तृतीय श्रेणी अर्थात् पूरा कुरान, २० श्लोक र १० श्लोकका सहभागी विद्यार्थीहरूको परीक्षा बिहान ८ बजेदेखि सुरु भई बेलुका ६ बजेसम्म चलेको थियो । धेरै संख्यामा अभिभावकहरुको उपस्थिति रहेको थियो ।यस प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरुलाई तुरुन्तै चार हजार नेपाली रुपैयाँ र मिठो नाश्ता प्रदान गरिएको थियो ।
तर सफल विद्यार्थीहरुलाई बहुमूल्य पुरस्कार प्रदान गरिने छ जसको विवरण यस प्रकार रहेको छ ।
(पहिलो श्रेणी पूरा कुरान)
पहिलो पुरस्कार: 2666 USD – दोस्रो पुरस्कार: 1333 USD
तेस्रो पुरस्कार: 700 USD
 (दोस्रो श्रेणी बीस पारा)
पहिलो पुरस्कार: 1600 USD – दोस्रो पुरस्कार: 800 USD
तेस्रो पुरस्कार: 700 USD
 (तेस्रो श्रेणी दस पारा)
पहिलो पुरस्कार: US$650
 दोस्रो पुरस्कार: US$ 500
तेस्रो पुरस्कार: 400 USD
(चौथो श्रेणी बीसौं र तीसौं पारा)
छात्रहरु को लागि
पहिलो पुरस्कार: 500 USD
 दोस्रो पुरस्कार: 400 USD
तेस्रो पुरस्कार: US$350
(चौथो श्रेणी, बीसौं र तीसौं पारा) महिला विद्यार्थीहरूको लागि
पहिलो पुरस्कार: 1200 USD
 दोस्रो पुरस्कार: 1000 USD
तेस्रो पुरस्कार: US$800
चौथो पुरस्कार: 500 USD
पाँचौं पुरस्कार: 300 USD
यस प्रतियोगितामलाई सफल बनाउन आयोजक, सहभागी र आफ्नो भूमिका निर्वाह गर्ने सबै साथीहरूलाई  रामरो ईनाम दिनू भनी हामी अल्लाहसँग प्रार्थना गर्दछौं।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter