काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन्। शनिबार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गरे। उनले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताए।
प्रधानमन्त्री दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भए पनि त्यसको प्रचार गर्न नसकेको बताए। उनले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गरे।
‘अहिले तेस्रो पटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत नपुगेको रहनेछैन। डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ। यो लक्ष्यसहित हामी अघि बढेका छौँ,’ उनले भने।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू