शुक्रबार, २१ बैशाख २०८१

गाजाको अस्पतालमा भएको आक्रमणको एमालेबाट निन्दा

१ कार्तिक २०८०, बुधबार २२:१६ मा प्रकाशित

काठमाडौँ, १ कात्तिक : नेकपा (एमाले) ले गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी उपचार गराइरहेका बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक मारिएका घटनाको निन्दा गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गरी रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनाका साथै बालबालिकासहित सयौँ हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुने उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जुनसुकै समस्याको समाधान शान्ति वार्ताद्वारा गरिनुपर्छ, निहत्था नागरिक, अस्पतालमा उपचार गराइरहेका बिरामी र स्वास्थ्यकर्मीको ज्यान लिने गरी गरिएको अमानवीय आक्रमणबाट अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएको छ ।”

अध्यक्ष ओलीले घटनामा उद्धार तथा आपत्कालीन सहयोगका लागि गाजापट्टीमा मानवीय सहायता प्रदायक निकायलाई आवागमनका लागि अनुमति दिनुपर्छ भन्ने मान्यता आफ्नो पार्टीको रहेको पनि स्पष्ट गर्नुभएको छ ।  (रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter