शनिबार, १५ बैशाख २०८१

ठुलो मात्रामा विस्फोट पदार्थ (पटाका) सहित पिकअप सशस्त्र प्रहरीको नियन्त्रणमा ।

२७ आश्विन २०८०, शनिबार १३:१२ मा प्रकाशित
रबिन्द्र यादव / पश्चिम नवलपरासी – भारतबाट अवैध रूपमा लुकाइछिपाई नेपाल भित्राइएको पिकअप सहित करिब साढे २६ लाख ५० हजार मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरि नष्ट गरेको छ । पटाकाको मुल्य अन्दाजी साढे नौ लाख ५० हजार रहेको छ ।
नेपालमा प्रतिबन्धित बारुदजन्य विस्फोटक पदार्थ (पटाका) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प परासीबाट सशस्त्र प्रहरी निरीक्षक केशवराज भट्टराईको कमाण्डको टोलीले राती ८:३० बजेको समयमा रामग्राम नगरपालिका वडा नं १२ कुनवारे देखि भुमही हरकट्टा जाने बाटोमा चेकजाँचको क्रममा ठुलो मात्रामा विभिन्न किसिमका पटाका र नम्बर नखुलेको पिकअप सहित नियन्त्रणमा लिएको हो ।
 पिकअपको अन्दाजी मुल १४ लाख रहेको छ । चेकजाँचको क्रममा पिकअप चालक भाग्न सफल भएको सशस्त्र प्रहरीले जनाएको हो । बारुदजन्य पटाका स्थानीय पत्रकार,जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी,उद्योग वाणिज्य संघ प्रमुख र महेशपुर भन्सार प्रमुखको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल २६ नं गणका एसपी धिरेन्द्रराज न्यौपानेले जानकारी दिए । पिकअप लाई महेशपुर भन्सार पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरले जनाएको हो ।
चाडपर्वलाई लक्षित गरी भित्राइने बारुदजन्य पटाकाहरू भित्रिन थालेपछि सशस्त्र प्रहरीले त्यसतर्फ निगरानी बढाएको न्यौपानेले बताएका हुन ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter