शनिबार, २२ बैशाख २०८१

अपडेड ः अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

२२ आश्विन २०८०, सोमबार १४:५५ मा प्रकाशित

हेरात, अफगानिस्थान, २१ असोज (रासस/सिन्ह्वा) :
अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।

भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ ।

अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ ।

सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५,४.७ र ६.२ म्याग्निच्युडका तीनवटा ठूला पराकम्पन गएका थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter