बुधबार, १९ बैशाख २०८१

राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ

१० आश्विन २०८०, बुधबार २१:३६ मा प्रकाशित

     काठमाडौँ, १० असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड)ले शपथ लिनुभएको हो ।

सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।    (रासस)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter