सोमबार, १७ बैशाख २०८१

पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको निधन

१३ भाद्र २०८०, बुधबार ०७:३१ मा प्रकाशित

इनरुवा (सुनसरी) १२ भदौ : सुनसरी क्षेत्र नम्बर ४(२) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको आज निधन भएको छ । नेपाली कांग्रेसबाट विसं २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नं–४(२) बाट तत्कालीन १ नम्बर प्रदेशसभामा अन्सारी विजयी भएका थिए । सुनसरी क्षेत्र नं–५ का पूर्वक्षेत्रीय सभापति र भुटाहा गाविसका अध्यक्षसमेत रहनुभएका अन्सारीको आफ्नै निवास हरिनगर गाउँपालिका–२ भुटाहामा ८० वर्षको उमेरमा निधन भएको हो । अन्सारी विगत केही वर्षदेखि मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय अन्सारी नेपाली कांग्रेस सुनसरी दक्षिण क्षेत्र भुटाहाका एक अग्रज नेता तथा पार्टीका अभिभावक पनि थिए । अन्सारीले कांग्रेसबाट २०४८ र २०५१ सालको आम निर्वाचनमा तत्कालीन भुटाहा गाविसबाट दुई पटक अध्यक्षमा विजयी भएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा अन्सारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कांग्रेसले जनाएको छ । उहाँको निधनप्रति कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला, जिल्ला सभापति केदार भण्डारी, सुनसरी क्षेत्र नं–४ का सभापति ऐयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी लगायतकाले शोक व्यक्त गर्नुभएको छ । उहाँको निधन भएकोमा हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले शोक बिदासमेत दिएको छ । उहाँको धार्मिक परम्पराअनुसार आजै अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter