आइतबार, ०६ जेठ २०८१

राष्ट्रपति पौडेलसँग चिनियाँ नेता युआनको भेट

७ श्रावण २०८०, आईतवार १९:५७ मा प्रकाशित

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का शीर्ष नेता युआन च्या च्युनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

आइतबार मात्रै काठमाडौँ आइपुगेका नेता युआनले राष्ट्रपति भवन शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका हुन्।

भेटमा दुईपक्षीय हित तथा पारस्पारिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्रविज्ञ डा. सुरेश चालिसेले जानकारी दिए।

नेपाल भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

उनी श्रीलंका भ्रमण सकेर काठमाडौँ आएका हुन्। उनी तीन दिनसम्म नेपालमा रहने छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter