बिहिबार, २७ बैशाख २०८१

सुन प्रकरण: विमानस्थल भन्सार कार्यालयका ६ कर्मचारी पक्राउ

७ श्रावण २०८०, आईतवार १९:५४ मा प्रकाशित

काठमाडौँ – हङकङबाट अवैध तरिकाले काठमाडौँ भित्र्याइएको करिब एक सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन्।

सुन प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका हुन्। राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन्। त्यस्तै, सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि पक्राउ परेका छन्।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ जना पुगेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter