आइतबार, ०६ जेठ २०८१

भारत भ्रमणका क्रममा प्रचण्डले नेपालको हितमा चुइँक्क बोलेनन्ः केपी ओली

२७ जेष्ठ २०८०, शनिबार २२:२५ मा प्रकाशित

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न नसकेको बताएका छन्।

मित्रराष्ट्र भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो। काठमाडौंमा शनिबार आयोजित पार्टीनिकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताए।

ओलीले देशको दुर्दिन सुरु हुनु युक्रेन वारको कारणले हो? भनी सरकारमाथि कटाक्षसमेत गरे। प्रधानमन्त्री पुष्पकमल दाहालले फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माण भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको बताए। वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकिर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भनेपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको बताए।

उनले वर्तमान सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई विरोध गरे पनि कमजोर बनाउन नसक्ने दाबी गरे।

ओलीले कर्मचारीलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न पनि पटकपटक आग्रह गरे। उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter