शनिबार, २९ बैशाख २०८१

नक्कली कागजात पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

२४ बैशाख २०८०, आईतवार १५:२१ मा प्रकाशित

काठमाडौँ – नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेश गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको बताए।

उनले भारतीयहरुले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको बताए। पक्राउ पर्नेमा भारत बिहार घर भइ काठमाडौँको शंखमूल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको बताए। यस्तै, बिहार घर भइ ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता रहेको उनले जानकारी दिए।

एसएसपी केसीले उनीहरूलाई शनिबार काठमाडौँको शंखमूल, कलंकी, बागबजार, गोंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताए। उनले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको जानकारी दिए।

उनले भारतीयहरुले वंशजको आधारमा नै नागरिकता लिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसायसमेत गर्दै आएको भेटिएको बताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter