शुक्रबार, १६ चैत २०८०

देशमा शान्तिको कामनासहित हर्षोउल्लासका साथ मनाइयो ईद

९ बैशाख २०८०, शनिबार २०:५७ मा प्रकाशित

काठमाडौँ –मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन् । एक महिना सम्म बसेको रोजा सकुशल पुरा गरेकोमा त्यसैको धन्यवाद दिन ईद मनाउने गरिएको छ ।

विभिन्न स्थानमा रहेको मस्जिद तथा ईदगाहहरुमा विशेष कार्यक्रमको साथै नमाज पढी ईद मनाउन शुरु गरिएको छ । विशेष गरि नेपालमा शान्तिको कामना लगायत देश सुखी र समृद्धिको कामना  नमाज पढ्नहरुले गरेका थिए । मौलाना अब्दुस सबूर नदवी का अनुसार एक महिना सम्म रोज पुरा गर्न शक्ति दिएकोमा र आपसमा खुशी साटासाट गर्नु नै इदको विशेषता हो ।

अरबी पात्रो हिजरी सम्वतअनुसार दसौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी  आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ ।

रमजान महिनाभरि गरिबलाई सहयोग गर्ने र महिनाभरिको दिनलाई एक दिन धन्यवाद ज्ञापन गर्न तथा एक आपसमा शुभकामना आदानप्रदान गर्न ईद मनाउने गरिएको मुस्लिम अगुवा डा. अब्दुल मोबिन खान ले बताउनुभयो ।

पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख छ ।

यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter