शुक्रबार, १४ बैशाख २०८१

विदेशीको हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेः चित्रबहादुर केसी

२९ चैत्र २०७९, बुधबार २२:५८ मा प्रकाशित

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेको बताएका छन्।

बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीसँग अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताए। उनले विदेशी नागरिकले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए। उनले स्थापित राजनीतिक पार्टी बद्नाम हुँदै गइरहेका भन्दै पार्टी बद्नाम हुनुमा पार्टीहरूकै कमजोरी रहेको औंल्याए।

अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे। उनले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भए पनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए।

उनले आगामी दिनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताए।

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter