मङ्गलबार, ०६ चैत २०८०

राहदानी विवादमा मुछिएका लामिछानेविरुद्ध मुद्दा नचल्ने

६ चैत्र २०७९, सोमबार १९:०८ मा प्रकाशित

काठामडौँ- महान्यायाधिवक्ताको कार्यालयले राहदानी विवादमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा राहदानी ऐनअनुसार मुद्दा चलाउन आवश्यक प्रमाण नदेखिएपछि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले झूठो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको ठहर थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter