शुक्रबार, १६ चैत २०८०

गठबन्धनको निर्णयअनुसार नै उपराष्ट्रपतिमा उम्मेदवारी दिएका हौँः सीके राउत

२७ फाल्गुन २०७९, शनिबार २०:२७ मा प्रकाशित

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्।

शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राउतले गठबन्धनकै निर्णयअनुसार जनमत पार्टीको उम्मेदवारी दर्ता गराएको बताए।

उनले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि तीन जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्नेकुरा भएको जानकारी दिए।

उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरुले उम्मेदवारी फिर्ता नलिने उनले स्पष्ट पारे।

उनले भने, ‘गठबन्धनकै निर्णयअनुसार तीन वटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ। निर्वाचन आयोगले पनि जुन निर्णय गरेको छ, संविधानको धारा टेकेर त्योअनुसार उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने संविधानको मर्म पनि त्यही रहेको हुनाले हामीले महिला उम्मेदवारलाई अगाडि सारेका हौँ। गठबन्धनमा कुरा मिल्नसक्छ। भोलिसम्म समय छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter