शुक्रबार, १४ बैशाख २०८१

पाँच दलीय गठबन्धन ब्युँतिनसक्ने ओलीकाे संकेत

२ फाल्गुन २०७९, मंगलवार २१:०६ मा प्रकाशित

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पाँच दलीय गठबन्धन दोहोरिन सक्ने संकेत गरेका छन्।

मंगलबार पार्टी निकट अनेरास्ववियुको २३औँ महाविधेशनको उद्घाटन गर्दै ओलीले अहिलको एमाले माओवादी केन्द्रको गठबन्धन भत्किएर फेरि पाँच दलीय गठबन्धन बन्न सक्ने संकेत गरेका हुन्।

ओलीले पाँच दलीय गठबन्धन फुटाएर नयाँ सरकार बनाउन सक्नु एमालेका लागि खुशीको कुरा भए पनि राजनीतिमा आउने उतारचढावले परिस्थिति फेरिन सक्ने बताएका हुन्।

अखिलको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘राजनीति सोझो रेखाबाट जाँदैन। उतार चढाव फेरि पनि आउन सक्छ। पाँच दलीय गठबन्धन टुटेकोमा कार्यकर्ताहरु काफी प्रसन्न भएको देखेको छु। गठबन्धन फुटाउनु सफलता हो। तर कथमकदाचित यो स्थिति फेरियो भने।’

चुनावअघि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको पाँच दलीय गठबन्धन थियो।

फागुन २५ गते हुने राष्ट्रपति चुनावमा माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने तर्क अघि सार्दै पूर्वसहमतिअनुसार एमालेको उम्मेद्वारलाई सहयोग नगर्ने बताउन थालेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter