बुधबार, २६ बैशाख २०८१

बेचबिखनका लागि भारत लैजाँदै गर्दा चार जना युवतीको सशस्त्रद्धारा उद्धार, चार पुरुष पनि पक्राउ !

२५ आश्विन २०७९, मंगलवार २२:२९ मा प्रकाशित
रबिन्द्र यादव / नवलपरासी पश्चिम
बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल (बि ओ पी) भुजहवा र भारतीय सुरक्षा सिमा बल (SSB) को समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो । उनिहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको  सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी केशवराज थापाले बताए । उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter