मङ्गलबार, ११ असोज २०७९

प्रचण्ड र बाबुराम एउटै चुनाव चिन्हमा लड्ने तयारी

२९ श्रावण २०७९, आईतवार १४:१८ मा प्रकाशित

काठमाडाैँ- नेपाल समाजवादी पार्टीका नेताहरू माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्ने गरी गृहकार्य भइरहेको छ।

दुई दलका शीर्ष नेताहरूबीच गठबन्धन बनाउन लगातार छलफल भइरहेको छ। आइतबार बिहान पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ।

दुई पार्टीका शीर्ष नेताको भेटमा समाजवादी पार्टी पनि माओवादीको चुनाव चिन्हमा चुनाव लड्न तयार भएको हो।

समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले कुरा सकरात्मक भएको र औपचारिक निर्णय हुन बाँकी रहेको देश सञ्चारलाई बताए।

समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रूपमा जान दुबै दल सहमत भएका हुन्।

यसबारे आ-आफ्नो दलमा छलफल गरेर निर्णयमा पुग्ने गरी सहमति हुन बाँकी छ। समाजवादी पार्टीका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

समाजवादी पार्टीका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

तीन नेताबीचको भेटमा सत्तारूढ गठबन्धनमा समाजवादी पार्टीको सहभागिताबारे पनि कुराकानी भएको थियो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter