बिहिबार, १३ बैशाख २०८१

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

२० श्रावण २०७९, शुक्रबार १४:११ मा प्रकाशित

काठमाडौँ – पहिराेका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएकाे छ। भरतपुर महानगरपालिमा-२९ केराबारी नजिकै माैरी पुलमा पहिराे जाँदा शुक्रबार रातिदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको हाे।

राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे थियो। शुक्रबार बिहानै ८ बजे उक्त पहिरो पन्छाएर दुईतर्फी रुपमै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ।

वर्षाका कारण यतिबेला नारायणगढ-मुग्लिन सडक अवरुद्ध भइरहेकाे छ। सडक अवरुद्ध हुँदा लामाे दुरीकाे यात्रा गर्ने यात्रुहरूलाई सास्ती भएकाे छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter