बिहिबार, १३ बैशाख २०८१

गठबन्धनका लागि कांग्रेस बढी उदार हुनुपर्छ : प्रचण्ड

१३ श्रावण २०७९, शुक्रबार २२:५७ मा प्रकाशित

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ र प्रदेशको चुनावमा पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्।

प्रेस सन्टर नेपालको दोस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अर्को गठबन्धन बन्ने सम्भावना नरहेको दोहोर्‍याएका हुन्।

उनले भने, ‘यहाँ गठबन्धन, तालमेल के होला भन्ने प्रश्न पनि उठ्छ। यही गठबन्धन अघि जान्छ। आउँदो संघ र प्रदेशको चुनावसम्म मात्रै होइन, आवश्यकता र औचित्य रहेसम्म जान्छ। दुविधा पाल्नुपर्ने अवस्था छैन।’

दाहालले गठबन्धनमा सबै सन्तुष्ट हुने गरी सिटको बाँडफाँड हुनुपर्ने त्यसका लागि कांग्रेस बढी उदार हुनुपर्ने उल्लेख गरे।

 

‘गठबन्धनमा सबै सन्तुष्ट हुने गरी जानुपर्छ। कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन। यसमा कांग्रेस अलिबढी उदार हुनुपर्ने, दाहालले अगाडि भने, ‘किनभने हामी सबैको तागतले यो सरकार बनेको हो।’

उनले तत्काल समाजवादी केन्द्र बनाउने गरी छलफल नभएको चुनाव मोर्चाका बारेमा छलफल केन्द्रित गरेको जानकारी दिए। पार्टी एकता नै गर्ने लक्ष्य भए पनि अहिले नै त्यस विषयमा प्रवेश नगरेको उनको भनाइ थियो।

गठबन्धनमा रहेका वापन्थीहरुबीच एउटै चुनाव चिन्ह र घोषणापत्रबारे चाहिँ कुराकानी भइहरको उनको भनाइ थियो।

दाहालले पार्टी निकट पत्रकारहरुको कार्यक्रममा भने, ‘समाजवादी केन्द्र तत्काल बनाउने होइन, छलफल पनि भएको छैन। मोर्चा बचाउने र एउटै घोषणापत्र, चुनाव चिन्ह बनाउने विषयमा छलफल भइहको छ।’

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter