बिहिबार, १३ बैशाख २०८१

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा

११ असार २०७९, शनिबार २२:३५ मा प्रकाशित

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्।

शनिबार अपराह्न काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

काठमाडौँमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए।

 

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। साथै उनले वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको अनुभव पनि छ।

 

राजदूत श्रीवास्तवले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्ने बताइएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter