शुक्रबार, १४ बैशाख २०८१

सरकारले घटायाे पेट्राेलमा २० र डिजेलमा २९ रुपैयाँ

११ असार २०७९, शनिबार २२:३१ मा प्रकाशित

काठमाडौँ – सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेनमार्फत डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिए।

मन्त्री बडूका अनुसार अब कर कटौती भएसँगै डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ। उनले कुन शीर्षकका कति कर घटाइएको भने खुलाएका छैनन्।

यसभन्दा अगाडि पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको थियाे।

सरकारले मूल्य घटाएसँगै अब नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गर्नेछ।

आज बिहान बसेकाे सत्ता गठबन्धनकाे पेट्राेलियम पदार्थकाे मूल्य कम गर्न सरकारलाई निर्देशन दिएकाे थियाे। पटक-पटक पेट्राेलियम पदार्थमा भएकाे मूल्यवृद्धिले सरकारकाे चर्काे आलाेचना हुँदै आएकाे थियाे।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter