बिहिबार, १३ बैशाख २०८१

मकवानपुरमा ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

२१ चैत्र २०७८, सोमबार १४:१० मा प्रकाशित

राजेश राई ,काठमांडौ

मकवानपुर प्रहरीले ९० किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका– ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन् । पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(प्रशिक्षार्थी पत्रकार)

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter