शुक्रबार, ०७ बैशाख २०८१

कपिलवस्तुस्थित एक विद्यालयमा विद्यार्थीहरूबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

६ चैत्र २०७८, आईतवार २२:१४ मा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको गुगौलीमा विद्यार्थीहरूबीच झडप हुँदा आज दिनभर स्थिति तनावग्रस्त बन्यो ।

विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूका दुई समूहबीच झडप भएको हो ।

होलीका दिन विद्यार्थीहरूबीच भएको विवाद मिलाउन आज अभिभावकहरूलाई बोलाएर छलफल गराउने तयारी थियो । तर, विद्यार्थीहरू ढुंगामुढा गर्न थालेपछि स्थिति बिग्रिएको हो ।

झडप उग्र रूप लिएपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । त्यसक्रममा आठ राउण्ड अश्रुग्याँस प्रहार गरेको प्रहरीले जनाएको छ । झडपका क्रममा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

विद्यार्थीहरूले विद्यालयका भौतिक संरचनाहरू पनि तोडफोड गरेका छन् । अहिले स्थिति सामान्य रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter