शनिबार, १४ जेठ २०७९

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

१२ माघ २०७८, बुधबार ११:४६ मा प्रकाशित

काठमाडौं – केन्द्रीय तथ्यांक विभागले गत मंसिरमा गरेको १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसअनुसार नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हाजर ४८० कायम भएको छ ।

यो संख्यामा महिला संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष संख्या १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

विभागका अनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०६८ को तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले उल्लेख गरेको छ ।

यसपटक वृद्धिदर ०.९३ प्रतिशत छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter