शुक्रबार, २१ बैशाख २०८१

मलेसिया बाढी : हजारौं मानिसले छाडे घर

१९ पुष २०७८, सोमबार १०:५४ मा प्रकाशित

क्वाललम्पुर– मलेसियमा बाढीका कारण हजारौं मानिसले आफ्नो घर छाडेका छन् ।

सात राज्य बाढीबाट नराम्रोसँग प्रभावित भएका छन् । घर छाडेकाहरुले राहत केन्द्रमा शरण लिइरहेको बीबीसीले जनाएको छ।

आगामी केही दिनका लागि जारी गरिएको पूर्वानुमान सूचनामा भारी वर्षा र ठूला सामुन्द्री छाल आउने सम्भावना रहेको जनाइएको छ । मलेसियामा वर्षको यो महिनामा वर्षा हुने गरेको छ ।

बाढीका कारण अहिलेसम्म ५० जनाको मृत्यु भइसकेको छ भने आपतकालीन सेवासमेत ठप्प रहेको छ । एजेन्सी

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter