शुक्रबार, १४ बैशाख २०८१

न्यायालयले आफ्नो गरिमा कायम राख्न युवाहरूको जोड़

१९ मंसिर २०७८, आईतवार २३:२३ मा प्रकाशित

काठमांडौमा अध्ययनरत विद्यार्थीहरुले न्यायालय माथि सृजना भएको गलत प्रवृत्तिहरूको अन्त्य गर्नु नै आजको आवश्यक्ता रहेको बताएका छन ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा एस टुगेदर वी क्यानले आयोजना गरेको कार्यक्रममा युवाहरुले लोकतन्त्रमा न्यायालय स्वतन्त्र भएर नै सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन।

सरकारी निकायहरूको नियुक्ति प्रक्रियामा न्यायमूर्तिहरूको साझेदारी र विचौलियालाई मलजल गर्ने गलत प्रव्रत्तिका कारण आज न्यायालय बदनाम भएको भन्दै डाक्टर सुरेन्द्र भण्डारीले प्रधान न्यायाधीशले नैतिकता पूर्वक राजीनामा दिनुपर्ने कुरा बताए ।

न्यायालयमा वर्तमान समयमा भई रहेको गैरजिम्मेवारपूर्ण कार्यहरूको विरोध गर्दै विचौलियाहरूको अन्त्य गरी लोकतन्त्रलाई स्थापित गराउन न्यायालय सच्चिन जरूरी रहेको अधिवक्ता पृथ्वीनाथ राईले बताए।

समाजिक अभियन्ता तथा एस टुगेदर वी क्यानका सचिव शमशाद आदिलले स्वागत मन्तब्य दिदै भने ‛ विधिको शासन स्थापित गराउन न्यायालय स्वतन्त्र हुनै पर्दछ ’।

यो देशमा अनेंकौँ राष्ट्रघाती समझौता भई रहदा न्यायालय मौनता धारण गरेर हेर्ने व्यवहार सदियों देखि निरन्तरता पाईरहेको भन्दै समाजिक अभियन्ता तथा एस टुगेदर वी क्यान का कोषाध्यक्ष शिव यादवले दुःख प्रकट गरे।

स्वतन्त्र न्यायालयको स्थापना गर्न कानून अध्ययनरत रहेका हामी विद्यार्थीहरु अहिले देखि निष्पक्षताको नीति अवलम्बन गर्दै न्यायिक आन्दोलनमा लाग्नु पर्ने आयोजक संस्थाका अध्यक्ष चूड़ामणि यादवले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter