शुक्रबार, १४ बैशाख २०८१

पत्रकारिता तथा आमसञ्चारको केन्द्रिय भवन निर्माणमा अझै एक वर्ष लाग्ने

३ मंसिर २०७८, शुक्रबार १८:४९ मा प्रकाशित

शमशाद आदिल
मंसिर  ३ गते / त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको लागि काठमाडौंको बल्खू स्थित निर्माणको क्रममा रहेको भवन अझै एक वर्ष पछि मात्र सम्पन्न हुने भएको छ ।
२०७६ साल माघ ९ गते तत्कालीन अर्थ मन्त्री डा. युवराज ख़तिवडा द्वारा शिल्यांस गरिएको भवन तीन वर्षमा सम्पन्न हुनुपर्ने भवन कोभीड़१९ को कारण एक वर्ष ढिला हुने कुरा भवन निर्माण समितिका संयोजक देवराज आर्यालले बताए। त्रि. वि. पत्रकारिता तथा आम सञ्चार विभागका उप-प्रध्यापक संयोजक आर्यालका अनुसार अर्थमन्त्रालयको २१करोड़ ५५ लाख रुपैयाको लगानीमा निर्माणाधीन रहेको भवनमा एम. ए. , एम फिल र पी एच डी सम्मको पढाई हुने बताए। पत्रकारिता तथा आमसंचार सँग सम्बन्धित रेडियो स्टेशन, टेलिभिजन स्टेशन, फोटोग्राफी ल्याब,फ़िल्म स्टडी लगायत विषयको अन्तरराष्ट्रीय स्तरको मापदण्ड पूरा गर्दै पढाई हुने विभागीय प्रमुख प्रध्यापक चिरंजीवी खनालले जानकारी दिए।
त्रिभुवन विश्वविद्यालयको ३९ वटा केन्द्रिय विभाग मध्ये अधिकांश विभागहरुको छुट्टै भवन सञ्चालनमा छ ।

वि.स. २०३०साल बाट पत्रकारिता शिक्षामा प्रथम पटक +2 , वि.स. २०३३सालमा स्नातक तहमा र वि.स. २०५८ सालमा स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार सञ्चालनमा आएको हो। त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चारको केन्द्रिय विभाग काठमाडौंको प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्यामपसमा अहिले आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter