बिहिबार, १३ बैशाख २०८१

तालिबानसँगको वार्ताकालागि सत्ता हस्तान्तरण समन्वय परिषदका सदस्य दोहा जाने

१ भाद्र २०७८, मंगलवार ११:०२ मा प्रकाशित

अफगानिस्तानको सत्ता हस्तान्तरणको प्रक्रिया शान्तिपूर्ण बनाउने भन्दै गठन गरिएको समन्वयात्मक परिषदका सदस्यहरु तालिबानका नेतासँगको भेटका लागि दोहा जाने भएका छन् ।

परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यारले मंगलबार आफूहरु दोहा जान लागेको बताएको अल जजिराले जनाएको छ ।

राष्ट्रपति अशरफ गनी देश छाडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्लाह अब्दुल्लाह र गुल्बुद्दिन हेक्मात्यार रहेको परिषद गठन भएको हो । राष्ट्रपति गनीले देश छोडेर ठूलो खाडल सिर्जना गरेको कारजाइले बताएका थिए ।

राष्ट्रपति गनीले देश छोडेको थाहा पाउने बित्तिकै आफूले पूर्व नेताहरुसँग छलफल गरेको र अव्यवस्था आउन नदिनका लागि के गर्न सकिन्छ भन्ने बारेमा कुरा गरिएको उनले उल्लेख गरेका थिए ।

आइतबार तालिबानले अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेको हो । अफगानिस्तानमा २० वर्षपछि तालिबान सत्तामा फर्किँदै छ। अमेरिकाले आफ्ना सैनिक पूर्ण रुपमा फिर्ता लैजाने निर्णय गरि सो अनुसार प्रक्रिया थालेको डेढ महिना भित्रै तालिबानले अफगान देशमा आफ्नो नियन्त्रण कायम गरेको हो।

आइतबार बेलुका तालिबान लडाकु राष्ट्रपति कार्यालयमा गएका थिए । तालिबानले नागरिकको ज्यानमा जोखिम नरहेको बताए पनि त्रास अत्यधिक मात्रामा बढेको छ। विशेषगरि महिलाको अधिकारका क्षेत्रमा भएको प्रगति पुनः कमजोर बन्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter