बिहिबार, १३ बैशाख २०८१

आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाफल प्रकाशित

२३ श्रावण २०७८, शनिबार २२:१४ मा प्रकाशित

काठमाडौँ- एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ।

सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो।

गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो। परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे पनि अन्तत: आन्तरिक मूल्यांकनबाटै एसईईको परीक्षाफल प्रकाशित भएको थियो। विद्यालयहरूले आन्तरिक मूल्यांकनका आधारमा पठाएका प्राप्तांक प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणीकरण गरेर भदौ १ गते परीक्षाफल प्रकाशित भएको थियो।

यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा प्रकाशित भएको हो। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनका प्राप्तांक जिल्लामार्फत बोर्डमा आएपछि परीक्षाफल प्रकाशित भएको हो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter