बिहिबार, २७ बैशाख २०८१

यस्तो रह्यो टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको मार्च पास

९ श्रावण २०७८, शनिबार १०:३६ मा प्रकाशित

काठमाडौं- जापानको टोकियोमा अहिले ३२ औँ गृष्मकालिन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन भइरहेको छ। समारोहमा खेलाडी तथा अफिसियलको मार्च पास सकिएको छ।

उद्घाटन समारोहमा २ सय ५ देश र शरणार्थी टोलीले मार्च पास गरेका थिए।

नेपालका तर्फबाट पौडीका खेलाडीहरु गौरिका सिंह र एलेक्स शाहले राष्ट्रिय झण्डा बोकेका थिए। राष्ट्रिय खेलकुद परिषद्-राखेपका सदस्यसचिव रमेश सिलवालसहित अफिसियलहरु पनि मार्च पासमा सहभागी थिए।

प्रतियोगितामा नेपालका ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताअन्तर्गत शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफल र जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्दैछन्।

जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा खेल्नेछन्।

जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन्। पौडी र एथलेटिक्सका खेलमा नेपालले युनिर्भसियालिटी कोटामा खेल्न लागेको हो भने अन्य खेलमा वाइल्ड कार्ड पाएको हो।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter