शुक्रबार, १४ बैशाख २०८१

जसपाका दुई पक्षबीच कुरा मिलेन, यादव पक्षलाई आधिकारिकता दिन बाटो खुल्यो

२२ असार २०७८, मंगलवार १६:४६ मा प्रकाशित

काठमाडौँँ- जसपाको दुई पक्षबीच कुरा नमिलेपछि निर्वाचन आयोगलाई एउटा पक्षलाई पार्टीको आधिकारिकता दिन आग्रह गरेका छन्।

अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूसँग दलको केन्द्रिय कार्यकारिणी परिषद र संसदीय दलमा बहुमत रहेको दाबी गर्दै आधिकारिता दाबी गरेपछि आयोगले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई बोलाएर संयुक्त छलफल गरेको थियो।

मंगलबार आयोगले दुई पक्षलाई राखेर समहमि गराउन खोज्दा कुरा नमिलनेपछि दुवै पक्षले कानुनी प्रक्रिया पुरा गरेर एउटा पक्षलाई आधिकारिकता दिन आग्रह गरेका हुन्।

छलफलमा सहभागी अध्यक्ष ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले देश सञ्चारसँग भने, ‘हामीहरुबीच कुरा मिलेन। आयोगलाई कानुनअनुसार अघि बढ्न आग्रह गरेर फर्कियौँ।’

राजनीतिक दलसम्बन्धी नियमावली २०७४ अनुसार आधिकारिकता लागि दाबी परेको अवस्थमा दुवै पक्षलाई राखेर सहमति गराउन प्रयास गर्नुपर्ने व्यवस्थाअनुसार आयोगले छलफल राखेको हो।

छलफलमा आधिकारिकता दाबी गर्ने निवेदक यादव पक्षबाट उनीसहित, नेताहरु महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए। त्यस्तै ठाकुर पक्षबाट राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झालगायत उपस्थित थिए।

आयोगमा जसपाका दुई पक्षबीच आरोप प्रत्यारोपसमेत भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने विषयबाट सुरु भएको जसपाको मतभेद अन्तत: एउटा पक्ष पार्टीबाटै बाहिरिने अवस्थामा पुगेको छ। ठाकुर पक्षले यसअघि नै पार्टी फुटाउन खोजे पनि राष्ट्रियसभाका तीनमध्ये दुई सांसद यादवतिर लाग्दा ठाकुरमा पक्ष रोकिएको थियो। दल विभाजनका लागि केन्द्रिय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिने भए पनि ठाकुरको पक्षमा दलमा ३३ प्रतिशत मात्रै पुगेपछि विभाजन गर्न नसकेका हुन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter