बिहिबार, १३ बैशाख २०८१

प्रतिनिधिसभा विघटन मुद्दामा दुवै पक्षको बहस सकियो, एमिकस क्युरीले राय दिँदै

२१ असार २०७८, सोमबार १६:१३ मा प्रकाशित

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक र विपक्षी तर्फको बहस सकिएको छ ।

रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो ।

सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए ।

अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ । दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु भएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन् । एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter