बुधबार, १९ बैशाख २०८१

सरकारविरुद्धको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप, १५ जना पक्राउ

२० असार २०७८, आईतवार २२:२५ मा प्रकाशित

काठमाडौँ– नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेको छ।

काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघले प्रदर्शन गरेको हो। मसाल जुलुससहितको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतलासमेत जलाइएको छ।

प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ। त्यसक्रममा १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रधानमन्त्री ओलीले संसद  विघटन गरेको विरोधमा विद्यार्थीहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter