शुक्रबार, ०७ बैशाख २०८१

सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली हट्यो, परीक्षा सञ्चालन गर्न पाइने

२० असार २०७८, आईतवार २२:१७ मा प्रकाशित

काठमाडौँ- निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राख्दै काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जोरबिजोर प्रणाली हटाइएको छ।

काठमाडौँ, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीचकोबैठकले असार २२ गते (मंगलबार) देखि लागू हुने गरी जोर बिजोर प्रणाली हटाएको हो।

टेम्पो तथा निलो माइक्रोमा नौ जना राखेर चलाउन पाइने छ।

यसअघि २५ सिट भन्दा बढीका सवारी साधनमात्र चलाउन दिइएको थियो।

यसैगरी गोष्ठी, तालिम तथा सेमिनार पनि गर्न पाइने तर २५ जना भन्दा सहभागी हुन पाइने छैन।

पूर्वनिर्धारित परीक्षाहरु पनि सञ्चालन गर्न पाइने भएको छ। यद्यपी परीक्षा हलमा २५ जना मात्र विद्यार्थी राख्न पाइने छ।

यस्तै बेलुकी ९ बजेदेखि विहान ५ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter