शुक्रबार, १६ चैत २०८०

सिन्धुपाल्चोक बाढी पहिरो अपडेट : बेपत्ता ७ जनाको पहिचान खुल्यो, एकको मृत्यु

२ असार २०७८, बुधबार १९:१६ मा प्रकाशित

काठमाडौँ– सिन्धुपाल्चोकको हेलम्बुस्थित इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा हेलम्बु वडा नम्बर २ का ३१ वर्षीय माधव भण्डारी, सोही वडाका ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ की ६६ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङ र उनकी श्रीमती बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

त्यस्तै चौतारा साँगा चोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल पनि बेपत्ता भएको उनले बताए । एक जनाको शव फेला परेपनि सनाखत हुन नसकेको उनले जानकारी दिए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter