मङ्गलबार, ०६ चैत २०८०

नदीहरुमा बाढीको खतरा! कहाँ कस्तो?

१ असार २०७८, मंगलवार १४:०६ मा प्रकाशित

काठमाडाैँ – लगातार वर्षा भइरहेकोले आज (मंगलबार) मुलुकका केही नदीहरुको बहाव सतर्कता तहमा पुग्न सक्ने भन्दै साबधान रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ।

अहिले बिहानकाे मापन अनुसार कन्काई, कोशी, बागमती, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य अवस्थामा (सतर्कता तह भन्दा तलै) रहकाे भए पनि दिउँसाे बहाव बढ्ने भएकाेले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएकाे हाे।

महाशाखाका अनुसार आज कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने तथा नारायणी, कर्णाली र महाकाली जलाधारका केही सहायक साना नदीमा क्षणिक (मध्यम तथा भारी) वर्षा भई बहाव बढेर सतर्कता तहमा पुग्न सक्ने अनुमान गरिएकाे छ।

यस्तै  कन्काई र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने तथा कमला, बागमती लगायतका नदीमा बहाव बढे पनि सतर्कता तह भन्दा तलै रहने अनुमान महाशाखाले गरेकाे छ।

पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईसहितका स-साना नदीमा बवाह बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने अनुमान गरिएकाे छ।

यस्तै कालीगण्डकी, भेरी र यसका सहायक नदी लगायत प्रदेश २ को बारा, पर्सा, रौतहट तथा बागमती प्रदेशको रसुवा,
सिन्धुपाल्चोक, नुवाकाेट, काठमाडाैँ, चितवन, मकवानपुर, गण्डकी प्रदेशकाे गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ,
स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दाया, रुकुम, कर्णााली
प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र
आसपासका जिल्ला भइ बहने स-साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले अनुमान गरेकाे छ।

हाल देशभर मनसुन सक्रिय भई अधिकांश स्थानमा पानी परिरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter