मङ्गलबार, ०६ चैत २०८०

लुम्बिनी प्रदेशले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै

१ असार २०७८, मंगलवार १४:०४ मा प्रकाशित

बुटवल– लुम्बिनी प्रदेश सरकारले मंगलबार आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्दैछ। बजेटले स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए।

गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्षको तुलनामा २ देखि साढे ३ अर्ब बढिको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।

आगामी वर्षको बजेटमा ससर्त र समपूरक बजेटसहित झन्डै ४ अर्ब बजेट प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाउनेछ। त्यसबाहेक कोभिड कोषबाट खर्च गर्ने र महामारीमै खर्च गर्न मिल्ने गरि सरकारकै अर्थ विविध शीर्षकमा पनि ठूलै रकम राख्ने तयारी छ।

आर्थिक मामिलामन्त्री एवं सरकारका प्रवक्ता चौधरीले स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट तयार भएको बताए । उनका अनुसार बजेटको ठूलो हिस्सा स्वास्थ्य, कृषि, बेरोजगारी अन्त्य, आर्थिक क्षेत्रको पुनरुत्थानमै रहनेछ।

यसवर्ष नयाँ कार्यक्रम खासै आउनेछैनन् । यसअघिकै मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषिलगायतका अभियानमुखी कार्यक्रम भने निरन्तर हुनेछन् ।

त्यस्तै सडक, पुल, सिँचाइ, विद्युत गायतका पूर्वाधार विकासका क्रमागत योजनाका लागि पर्याप्त बजेट व्यवस्थापन हुने आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले बताए ।

रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योग स्थापना, कृषिमा युवा सहभागिता, रोजगारी प्रवर्द्धन गर्ने सहकारी संस्थालगायतका कार्यक्रम पनि सरकारको प्राथमिकतामा छन् । सरकारले प्रदेश राजधानीको संरचना बनाउनका लागि पनि बजेट छुट्याउने श्रोतको भनाई छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter